site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘आलमदेवी मन्दिरमा कुनै नियम परिवर्तन भएको छैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्याङ्जाको कालीगण्डकी ३ मा अवस्थित आलमदेवी मन्दिरमा रहीआएको कुनै पनि नियम परिवर्तन भएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।

आलमदेवी मन्दिर महिलाका लागि पनि खुला रहेको विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार गलत रहेको बताउँदै समितिका अध्यक्ष पृथ थापाले बाह्रखरीसँग भने, “हामीले हाम्रो जे परम्परा रहँदै आएको थियो । त्यसमा परिवर्तन गरेका छैनौँ । विभिन्न सञ्चारमाध्यममा हामीसँग कुरा नगरी हाम्रो भनाइ राखेर समाचार प्रकाशित भएको देख्दा हामीलाई दुःख लागेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको मानिन्छ । यस मन्दिरमा शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता रहेको उल्लेख गर्दै थापाले परम्परामा कुनै पनि परिवर्तन नगरिएकाले दर्शनार्थीलाई भ्रममा नपर्न आग्रह गरे ।

शाहवंशको कूल मन्दिरका रुपमा परिचित यस आलमदेवी मन्दिरमा दैनिक सयौँ तिर्थयात्री पुग्ने गर्छन् भने दशैँको समयमा विशेष पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ ।

Global Ime bank

थापाले शाहवंशको कूल मन्दिर पनि भएकोले सो परिवारका सबैलाई मन्दिर प्रवेशमा कुनै समस्या नभए पनि त्यसबाहेक जे परम्परा रही आएको छ त्यही नै कायम रहेको बताए ।

उनले पछिल्ला दिनमा आएका सूचना गलत रहेको पनि बताए । 

यसअघि राससमार्फत् प्रकाशित समाचारमा केही गलत तथ्य रहेकाले सच्याइएको छ *

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement