site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्समा प्रहरीको गोलीबाट किशोरको मृत्युपछि चर्काे विरोध, १५० जना गिरफ्तार
तस्बिर : एपी ।

काठमाडौं । फ्रान्समा प्रहरीको गोली प्रहारबाट १७ वर्षीय एक किशोरको मृत्यु भएपछि चर्काे विरोध प्रदर्शन भइरहेको छ । गएको मंगलबारको घटनापछि प्रदर्शनका क्रममा १५० जनाभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले हिंसा भएको र सहरका हल, स्कुल, प्रहरीचौकीमा आगो लगाई आक्रमण गरिएको बताएका छन् । प्रदर्शनकारीले गाडीमा आगजनी र प्रहरीमाथि आक्रमण समेत गरेका छन् ।

पेरिसवरपर र दक्षिण पश्चिमी टुलुस र उत्तरी सहरमा सार्वजनिक भवनमा आगजनी गरिएको बताइएको छ । प्रदर्शन नियन्त्रणका लागि पेरिस र आसपासका क्षेत्रमा बुधबार राति करिब दुई हजार प्रहरी परिचालन गरिएको थियो ।

नान्तेरे सहरमा मंगलबार गाडी चलाइरहेका १७ वर्षीय किशोर नाहेललाई प्रहरीले नजिकैबाट गोली प्रहार गरेको थियो । कार चलाउँदै गर्दा उनले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको थियो ।

प्रहरीले सुरुमा ती किशोरले आफूमाथि गाडी चलाउन खोजेपछि गोली हानेको जनाएको थियो । तर, घटनाको भिडियो बाहिरिएसँगै वास्तविकता देखिएपछि चर्काे विरोध सुरु भएको हो । ती प्रहरी अधिकारीमाथि अहिले अनुसन्धान भइरहेको बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro