राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजनको माग गरेको छ । सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरेका थिए ।
त्यसपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरे । उनले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेका बताए ।
त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १६:१३
प्रतिक्रिया दिनुहोस्