site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिले लोकतन्त्रको ‘सर्भिसिङ’ गर्ने काम भइरहेको छ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारले इतिहासमै ठूलो अनुसन्धान र कारबाहीपश्चात् जनतामा विश्वास जाग्न सुरु भएको भन्दै यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको मन्त्रालयगत प्रश्नहरुको जवाफ दिँदै उनले ‘हाई प्रोफाइल’ मानिसहरु काुननभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बढिरहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको सरकारको एक्सनले व्यवस्थाप्रति जनतालाई जगाएको भरोसा भएको बताए ।

“अहिले जनतामा जुन असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ । यसलाई भरोसामा अभिवृद्धि भएको छ । यसलाई उपलब्धि मानेको छु,” उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थहरु एउटा वर्ग कानुनभन्दा माीि छ भन्ने कुरा गलत भएको छ । अब लोकतन्त्रको सर्भिसिङ र सुदृढीकरण सुरु भएको छ । यो यतिमा रोकिने छैन । यो निरन्तर अघि बढेको छ ।”

प्रधानमन्त्री प्रचण्डले मंगलबारबाट ललितानिवास जग्गा प्रकरणका दोषीहरुलाई पनि प्रकाउ गर्न थालिएको भन्दै यतिमै यो नरोकिने बताए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro