site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनमा भ्रम छरेर द्विविधामा राख्न हुँदैन : ज्ञानेन्द्रबहादुर कार्की
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई द्विविधामा राख्न नहुने बताएका छन् ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कार्कीले वर्तमान सत्तँ गठबन्धन पाँच वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताए । उनले यही गठबन्धनले पाँच वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्ने बताए ।

उनले इतिहासले दिएको जिम्मेवारी र जनताको चाहनाअनुसार गठबन्धन चलिरहेको पनि बताए ।

"अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बिचमा अलिकति गडबढ पनि भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ," उनले भने ।

सांसद कार्कीले इतिहासले दिएको जिम्मेवारीअनुसार नै सरकारले काम गरिरहेको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro