site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छ : सांसद बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

विदेशी दूधलाई नेपालमा भित्र्याउने, यहाँका उद्योगलाई समाप्त गर्ने र किसानलाई अझ बढी गरिब बनाउने राष्ट्रको हितविपरीत सरकारले बजेट वक्तव्यमार्फत गरेको सो निर्णय तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद बस्नेतले राष्ट्रको अहितमा आएको सो प्रस्ताव मान्य नहुने चेतावनी समेत दिए ।

उनले बाँकेस्थित कपास विकास समितिलाई खारेज गर्ने निर्णय पनि फिर्ता लिनुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro