site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिन्दुको भावनामा चोट पुग्यो, नौटंकी बन्द गरियोस् : सांसद गौतम 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथलाई जथाभावी विवादमा ल्याइएको बताइएकी छन् । जलहरी प्रकरणले सारा हिन्दुको भावनामा चोट पुग्ने काम गरिएको भन्दै उनले आपत्ति जनाइन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले धर्मको नाममा भइरहेको नौटंकी बन्द गर्न र पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीको सबै सुन राज्यकोषमा दाखिला गर्न माग गरिन् । पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राख्नुपर्नेमा उनले जोड दिइन् ।

Dabur Nepal
NIC Asia

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढिलै भए पनि सो जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्नु राम्रो भएको उनले उल्लेख गरिन् । जलहरीमा व्यक्तिको नाम कुँदिने कार्य भर्त्सनायोग्य भएको उनको भनाइ छ ।

“भांग्रा ओढी बाघको छालामा बस्ने भोलेबाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए, न त भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरूप नै दर्शन गर्न पाइने  हो,” उनले भनिन्, “अराध्यादेव पशुपतिनाथलाई समेत जथाभावी विवादमा ल्याइदिएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम गर्दिए । गर्भगृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता छ । धर्मको नामको नौटंकी बन्द गराई चढाएको सबै सुन राज्यकोषमा दाखिला गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् ।”

उनले मन्दिरभित्र दानपेटिका चोरी भएको, घ्याम्पो हराएको र विभिन्न नाममा भएको अनधिकृत कार्यको सत्यतथ्य जानकारी गराउन माग समेत गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro