site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शाखा सञ्चालनमा अवरोध पुगेको भन्दै बैंक तथा वित्तीय संस्थाका छाता संगठनले मागे सुरक्षा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार छाता संगठनहरूले सुरक्षाको माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरूलाई केही व्यक्तिहरूले धम्काएको भन्दै कर्मचारीको सुरक्षा माग गरेका हुन् ।

नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्ति विज्ञप्ति जारी गर्दै कर्मचारीलाई धम्काई नियमित कार्य गर्न असहजता भएको भन्दै सुरक्षाको माग गरेका छन् ।

Argakhachi Cement Island Ad

"आजपूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको शाखामा केही व्यक्तिहरूले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीहरूलाई धम्क्याएको र ग्राहकहरूलाई अत्यावश्यक बैंकिंङ सेवा लिनबाट बञ्चित गरेकोमा हामी घोर निन्दा गर्दछौं," जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारी/ग्राहकको सुरक्षाका लागि समेत माग गरिएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवा निर्वाध रूपमा सञ्चालन गर्न र सेवा पुर्‍याउन कुनै पनि तत्वहरूले बाधा पुर्‍याएको खण्डमा सो गैर–कानुनी हुने भनिएपनि बाधा पुर्‍याइएकोमा कानुन बमोजिम सुरक्षा निकायले ध्यान दिनुपर्ने संस्थाहरूको भनाइ छ ।

संस्थाहरुले ऋण लिए पछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरूलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको सञ्चालन तथा कर्मचारीहरूलाई आवश्यक सुरक्षा प्रदान गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्