site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनलाइन जुवा खेलाउने गरेको आरोपमा एक युवतीसहित चारजना पक्राउ

काठमाडौं ।  प्रहरीले अनलाइनमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट राजा चौधरी नाम गरेका व्यक्तिसहित चारजनालाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न अनलाइन क्यासिनो खेलहरूले खेलाएको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बाराको सिमरा–९ का २४ वर्षीय राजा चौधरीसहित सिमरा–८ का २५ वर्षीय विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ की २४ वर्षीया आशा गुरुङ रहेका छन् ।  

प्रहरीका अनुसार उनीहरूले अनलाइन क्यासिनो खेलहरूमामार्फत बाजी राख्न लगाउने गरेको पाइएको छ । आफूले लाभ लिने उद्देश्यले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro