site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा असन्तुलन हुन पुगेको भन्दै पर्यटनमन्त्रीले सदनमा मागे माफी
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् । बजेट असन्तुलित भएकोमा माफी माग्दै उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजना समेट्न नसकेको बताए ।

सांसदहरुलाई खुसी बनाउन नसकेको भन्दै उनले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए । मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुने गरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए ।

त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे ।

विमानस्थल थप्नेभन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँदै उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro