site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री भन्छन्– पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए ।

“अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको  छ,” प्रधानमन्त्रीले भने, “पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन । यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

Argakhachi Cement Island Ad

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ छ ।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्