site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता नभए सडकबाट विरोध गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्णय फिर्ता नलिए सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए ।

“यो निर्णयलाई फिर्ता लिनुस् । अन्यथा तपाईंको प्रस्ताव खारेज गर्ने हदसम्म जानुपर्नेछ,” उनले अर्थमन्त्री प्रकाशरण महतलाई भने ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय लोकतन्त्रप्रतिको षड्यन्त्र भएको भन्दै पार्टीले त्यसको भत्र्सना गरेको उनले सुनाए । स्वतन्त्र र संवैधानिक आयोगलाई सीडीयो कार्यालयमा राख्ने कुरा राजनीतिक कुचेष्टा भएको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय खारेजीले स्वतन्त्र रुपमा जन्मिएका पार्टीलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्र भएको समेत उनले जिकिर गरे ।

“यसले एकतातिर जनताको मताधिकारलाई अफ्ठ्यारो पार्छ,” परियारले भने, “अर्कोतिर स्वतन्त्र रुपमा जन्मिएका राष्ट्रिय पार्टीलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक खेल रचेको छ भन्ने हाम्रो ठम्याइ छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro