राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।
यसअधि शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ । अनुमोदित विधानको मस्यौदा आजदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गरिनेछ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०८:४१
प्रतिक्रिया दिनुहोस्