site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चित्त नबुझे गठबन्धन फेरिन्छ : गगन थापा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने फेर्ने कुरा नौलो नभएको बताए । 

उनले नेपाली कांग्रेसले सरकार छोड्नु पर्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । उनले सरकार छोड्नपरे पनि एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्नेमा जोड दिए । 

महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

उनले संसद्मा समानुपातिक निर्वाचन प्रणाली नराख्न पनि आग्रह गरे । “हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन्,” उनले भने, “हाम्रो हाउस समावेशी बनाऔँ तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।” 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro