site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेन भन्छन्– अहिलेकै अवस्थामा ‘आदिपुरुष’ चल्न दिन्नँ 

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले भारतीय सिनेमा ‘आदिपुरुष’ कुनै पनि हालतमा चल्न नदिने बताएका छन् । संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका उनले संघीय सरकार र अदालतले भन्दैमा ‘आदिपुरुष’ काठमाडौंमा चल्न नदिने स्पष्ट पारेका हुन् । 

देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कुनै पनि कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको उनले बताएका छन् । ‘आदिपुरुष’को विवादित संवाद नहटाएसम्म काठमाडौंका सिनेमा हलमा उक्त चलचित्र चल्न नदिने उनले बताउँदै आएका छन् । 

उनको सोही अडानका कारण अहिले हलमा उक्त चलचित्र चलेको छैन । बालेनको यही कदमलाई लिएर न्यायका लागि भन्दै सिनेमा हल व्यवसायी उच्च अदालत पाटन पुगेका छन् । अदालतले  सिनेमाकाे प्रदर्शन नरोक्न आदेश दिएको छ । 

संघीय सरकारले मेयर बालेनको यो कदमप्रति आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । सरकारले बालेनलाई ‘स्टन्ट’ नगर्न सुझाव दिइसकेको छ । आफ्नो क्षेत्राधिकारभित्र बस्न पनि संघ सरकारले भनिसकेको छ । 

यता, बालेनले भने सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन मान्नसमेत तयार नरहेको बताएका छन् । 

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ । म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ,” बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।  यसको लागि  जुन सुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन ।”

जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद ‘आदिपुरुष’मा समावेश भएको भन्दै मेयर बालेनले उक्त संवाद सिनेमाबाट नहटाएसम्म काठमाडौंमा उक्त चलचित्रसहित हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने बताएका थिए । उनले सिनेमा चल्न नदिने सामाजिक सञ्जालमा लेखेपछि उक्त सिनेमा काठमाडौंका हलमा चल्न सकेन । 

पोखरा महानगरपालिका र धरान उपमहानगर पालिकाका मेयरले पनि सिनेमा चल्न नदिने बताएपछि वितरकले देशभरका हलबाट ‘आदिपुरुष’ सिनेमा उतारिसकेको छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro