site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान होपको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान साई होपले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि कप्तान होपले ७३ बलमा ५ चौका र एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो २३औं अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

९-२ को कठिन अवस्थामा ब्याटिङका लागि आएका होपले हाल निकोलस पुरन ७६ रनको साझेदारी गर्दै टिमको इनिङ उकासिरहेका छन् । होपलाई साथ दिइरहेका पुरनले ४० रन बनाएका छन् ।

होपले यसअघि तेस्रो विकेटका लागि पनि जोन्सन चाल्र्ससँग ४६ रनको साझेदारी गरेका थिए । जारी खेलको २७ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर १३१ रन बनाएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro