site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई दोस्रो सफलता, गुल्सनले लिए विकेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध नेपालका गुल्सन झाले दोस्रो सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको पाँचौँ ओभरको पहिलो बलमा गुल्सनले वेस्ट इन्डिजका चोन्सन चाल्र्सलाई विकेटकिपर आसिफ शेखमार्फत क्याच गराए । चाल्र्स शून्यमा पभेलियन फर्किए ।

जारी खेलको ४.१ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले दुई विकेट गुमाएर नौ रन जोडेको छ ।

नेपालले पहिलो बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेपछि नेपाली कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro