site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अवैतनिक राजदूतमार्फत छिटो राहदानी दिऔँ : माधव नेपाल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् । 

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले धेरै नेपालीहरु बसोवास गर्ने देशका सहरमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने बताए । 

Argakhachi Cement Island Ad

कतिपय देशका दूतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने बताए ।

सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्ने कुरालाई ध्यानमा राखेर समयमै खरिद गर्न सक्नुपर्ने उनले बताए । भेरियसनको नाममा म्यानुपुलेसन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताउँदै नेपालले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरुले बढाउँदै लैजाने गरेको बताए । 

“राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाइ गर्नसक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेसन ज्यादा हुने गर्दछ,” उनले भने, “भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्यवृद्धि गर्ने हुन्छ । थाहा छ भने समयमा गर्दा कम पर्छ । समयमा गर्न सकिएन भने भाउ बढाउँछन् ।”

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गरे ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्