site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाका विद्युतीय गाडी अब तीन दिनमै 'फाइनान्सिङ्ग' गर्न सकिने

काठमाडाैं । टाटा मोटर्सले नेपालमा आफ्ना विद्युतीय गाडी (ईभी)काे फाइनान्सिङ्ग सुविधा सहजै उपलब्ध गराउने भएकाे छ ।

टाटा मोटर्सकाे नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ईभी किन्न चाहने ग्राहकका लागि छिटाे, सरल र सहज गाडी फाइनान्सिङ्गको सुविधा ल्याएको बताएकाे हाे ।

कम्पनीले नेपालभरका जुनसुकै सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरसिपबाट याे सेवा उपलब्ध हुने बताएकाे छ ।

विगत दुई वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभी र टिगोर ईभी गाडीको ८० प्रतिशतसम्म फाइनान्सिङ्ग अब तीन दिनभित्रै हुने कम्पनीले बताएकाे हाे ।

याे फाइनान्सिङ्ग सेवा नेपालभरका जुनसुकै 'क' वर्गका बैंकबाट १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीकाे भनाइ छ ।

टाटा मोटर्सका ईभीको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्ग सुविधा एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक तथा प्रभु बैंकबाट लिन सकिने कम्पनीकाे भनाइ छ ।

टाटाले नेपाली बजारमा सबैभनदा ठूलाे ईभी मार्केट बनाएकाे छ । कम्पनीले विभिन्न २० स्थानमा फास्ट चार्जिंग स्टेसन र २३ स्थानमा सर्भिस सेन्टर विस्तार भइसकेको बताएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro