site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘१० हजार ६०० तलबले एउटा कर्मचारीले व्यवहार कसरी टार्न सक्छ ?’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीले खरदारसरह सेवा सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरूका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुनेमा सचेतक बर्तौलाले जोड दिए ।

विद्यालय तहका कार्यालय सहयोगीले मासिक आठ हजार र लेखापालले १३ हजार ५०० रुपैयाँ तलब पाउने गरेको उनले उल्लेख गरे । यस्तो तलबले कसरी उनीहरूको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्रश्न समेत गरे ।

Global Ime bank

“उहाँहरूले विगत लामो समयदेखि, लेखापालले १३ हजार ५०० मा मासिक रूपमा काम गरिरहनुभएको छ । कार्यालय सहयोगीले जम्मा आठ हजारमा काम गरिरहनुभएको छ । कल्पना गर्नोस्, आठ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ, परिवार हुन्छ, ८ हजार तलबले के गर्छ ? १० हजार ६०० तलबले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ? यो कामलाई पूरा गर्न सरकारले सहमति पनि गरेको छ । न्यूनतम तलब सुविधा उहाँहरूले खरदारसरहको माग गरेर आन्दोलन गरिरहनुभएको छ,” उनले भने, “सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौता गर्‍यो । सर्वोच्च अदालतबाट पनि उहाँहरूको पक्षमा आदेशहरू भए । तर, कार्यान्वयन भएको छैन । म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– ती कर्मचारीहरू जसले उठाएको माग न्यायोचित छन्, ती मागहरू पूरा गर्नेतर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहन्छु । उहाँहरूले उठाएको यो विषयमा म नेकपा (एमाले)को तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यबद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमति र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु ।”

सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको ध्यानाकर्षण समेत गराए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement