site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिलिजको अनुमति नपाएको ‘परस्त्री’ निर्माण पक्षले अब के गर्छ ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’लाई चलचित्र सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति)ले रिलिजका लागि सेन्सर पासको सर्टिफिकेट दिन अस्वीकार गरेको छ । चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन नसकिने सेन्सर बोर्डले जनाएको निर्माण पक्षले पुष्टि गरेको छ । 

आज (मंगलबार) साँझ सेन्सरका लागि सेन्सर बोर्डले चलचित्र हेरेको थियो । चलचित्र हेरेपछि सेन्सर बोर्डले रिलिजका लागि सेन्सर पासको सर्टिफिकेट नदिएको हो । 

“चलचित्रमा भ्वाइलेन्सका दृश्य रहेको भन्दै सेन्सरले हटाउन भनेको छ । चलचित्रमा भ्वाइलेन्सका सिन, चुम्बनका सिन, बेड सिन र रगतका सिनेमा सेन्सरले आपत्ति जनाएको छ,” परस्त्री निर्देशक सुरज पाण्डेले बाह्रखरीसँग भने, “केही दृश्य हटाउन वा ब्लर गर्न भनेको छ । रगतको सिनमा ब्ल्याक एन्ड ह्वाइट गर्न भनेको छ ।” 

निर्देशक सुरजले अब एडल्ट सर्टिफिकेटका लागि सेन्सर बोर्डसँग आग्रह गर्ने बताए । एडल्ट सर्टिफिकेट पनि दिन नमाने त्यसको विकल्पमा कस्तो कदम चाल्ने त्यसपछि निर्णय गर्ने उनको भनाइ छ । यस विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । 

जब जुन विषयमा समाजले खुलेर कुरा पनि गर्दैन, त्यसैमा अफर आयो 

सुरज पाण्डेको डेब्यु निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् ।

दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

असार १५ गते नेपाल र भारतमा चलचित्र एक साथ रिलिज हुँदै छ । हिन्दी र नेपाली भाषामा बनेको चलचित्र भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro