site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरतासम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रूपमा वित्तीय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सोमबार राजधानीको होटल याक एन्ड यतीमा आयोजित एक कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका तर्फबाट अध्यक्ष डीके  ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए ।

पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूला ठूला वित्तीय अपराधहरू भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको पौडेलले बताए ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्नसकेको खण्डमा अझ उपयुक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro