site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भोक्राहा नरसिंहलाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरूमा बाढी र पहिरोमा परी धेरै जनधनको क्षति भएको उल्लेख गरे । पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

“सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रूपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ । तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रूपमा परिणत गर्न समामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यानाषर्कण गराउन चाहन्छु,” उनले भने, “गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भीषण वर्षा भयो, त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ । त्यो क्षतिलाई राहत, उद्धार र पुनस्र्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस् भन्ने पनि म कामना गर्दछु ।”

बाढीपहिरोपीडितलाई सहज हुने गरी खाद्यान्नलगायत अति आवश्यक वस्तुको व्यवस्था मिलाउन पनि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro