site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् भवनभित्रकै बेथितिबाट लज्जाबोध हुन्छ : सांसद ढकाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले संसद् सचिवालयका कर्मचारीलाई खाजाभत्ता समेत हुने उल्लेख गरे । तर, १२ घण्टा काममा खटिने मर्यादापालकलाई एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको उनले बताए ।

संसद् भवनको छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग उनले माग गरे ।

“बेथितिका कुराहरू गरिरहँदा मित्रराष्ट्र चीन सरकारले बनाइदिएको यो बिल्डिङ सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदै छु । सहरी विकास मन्त्रालयमा छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउन्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ,” उनले भने, “यहीभित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजाभत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ डिउटी गर्नुहुन्छ, उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यहीभित्र भएको विभेद, बेथिति, आँखाअगाडिको यो बेथिति हेरिरहँदाचाहिँ लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro