site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विनियोजित बजेट खर्च भए विकासले गति लिन्छ : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा उल्लेखित करका कतिपय प्रावधानलाई पुनरावलोकन गर्न सकिने बताएका छन् ।

सोमबार विराटनगरमा मोरङ व्यापार संघको ६६औँ साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा आफूले निरपेक्ष भाव राखेको तथा कसैलाई पक्ष वा विपक्ष नगरेको बताए । उनले भने, “त्रुटि भए पनि होलान्, तर तिनलाई समयसापेक्ष करेक्सन गर्न सकिन्छ ।”

अर्थमन्त्रीले कच्चा तेलको आयात महसुलमा संरक्षणको तह हेर्दै फेरि निर्णय गर्न सकिने पनि बताए । आयात महसुल छुटका कारण तेलका उद्योगले एक प्रतिशत भन्सार महसुल तिरेर कच्चा तेलको आयात गर्ने गरेका थिए । गत जेठ १५ को बजेट अगाडिसम्म कच्चा तेलको आयात महसुल १० प्रतिशतमा ९० प्रतिशत छुट गरिएको थियो । यो छुट बजेटमा उल्लेख गरिएको छैन । यसबाट खाने तेल संकटमा परेको उद्योगीको जिकिर छ ।

नेपालमा उद्योगको लागत वृद्धि भएर तेल महँगो हुँदा भारतीय सस्तो तेल तस्करीबाट भित्रिरहेको उद्योगीको दाबी छ । यसबारे अर्थमन्त्रीले भारतमा महसुल दर परिवर्तन भएकोले नेपालमा समस्या भएको बताउँदै भने, “पहिलेको सरकारले एक विशिष्ट परिस्थितिमा छुट दिने गरेको रहेछ । हामी पनि अहिलेको दरले ल्याएको परिणाम र प्रोटेक्सनको लेभल हेरेर फेरि निर्णय गर्न सक्छौँ ।”

महतले आलु र प्याजको आयातमा मूल्यअभिवृद्धि करले आन्तरिक उत्पादनमा वृद्धि हुने र स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने दाबी गरे । स्वदेशका किसानले गरेको उत्पादनमा मूल्यअभिवृद्धि कर नलाग्ने बताए ।

Global Ime bank

मन्त्री महतले अनेकन समस्याका बीचमा पनि १७ प्रतिशत पुँजीगत खर्च रहेको र प्रदेश सरकारलाई पनि दिएको हिसाब गर्दा २७ प्रतिशत पुग्ने जानकारी दिए । उनले भने, “विनियोजन भएको पुँजीगत बजेटलाई प्रभावकारी रूपमा खर्च गर्न सरकारका सबै पक्ष तयार हुनुपर्छ । यति भए विकासले पनि गति लिन्छ ।”

समयमा ठेक्का लगाउने, वन आदिको अवरोध समयमै क्लियर गर्ने र कुन बेला के गर्ने भन्ने स्पष्ट योजना बनाएर अघि बढे पुँजीगत खर्च प्रभावकारी रूपमा हुने बताए । मन्त्री डा. महतले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि ब्याजदर घट्ने बताए । “अर्थतन्त्र अझ चलायमान हुने र राजस्वमा पनि वृद्धि हुने विश्वास छ,” उनले भने ।

अर्थमन्त्री महतले सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए । सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न उनले कर्मचारीलाई आग्रह गरे ।

“कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन । जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला,” उनले भने । बजेटले करका दायरा फराकिलो बनाएको र यसमा सेवाग्राहीलाई राम्रोसँग बुझाउनु पर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu