site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार र पहिचानवादीबीच वार्ता जारी

विराटनगर । कोसी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता जारी छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा वार्ता भइरहेको जनाइएको छ ।

कोसी प्रदेश नाम खारेजको माग गर्दै पहिचान पक्षधर आन्दोलित छन् । वार्तामा सरकार पक्षबाट सिँचाइ, खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङबोको संयोजकत्वमा उद्योग, कृषि, सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, पहिचान पक्षधरबाट गोविन्द आङबुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङदेन, रमेश राई, कृष्ण चोङबाङ, प्रेम मिभक र पदम जवेगुलगायत अगुवा सहभागी छन् । 

गएको फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुनः नामांकनको माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro