site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबदेखि ६६ पृष्ठको पासपोर्ट पाँच हजारमा उपलब्ध हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागु हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी आइतबारदेखि पाँच हजारमा उपलब्ध गराउने विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । 

उनले भने, “सम्बन्धित जिल्लाबाट राहदानी लिएमा पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा १२ हजार लाग्ने छ ।”

यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार लाग्नेसमेत प्रवक्त सापकोटाले बताए ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro