site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको ध्यानाकर्षण

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटीसहित रिलिज भएकोप्रति चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

“भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालको ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँदछौँ,” बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

यसलाई सच्याएर मात्र रिलिज गर्नुपर्ने चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले माग गरेका छन् । यस प्रकारका विवादहरूले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई माग समेत गरेको छ । 

“संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य हुँदैन । यस विषयमा गम्भीर चासो लिनुहुने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ,” विज्ञप्तिमा लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro