site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनलाइन जुवामा पक्राउ परेका कलाकार र युट्युबरलाई के हुन्छ कारबाही ?

काठमाडौं । 'वानएक्स बेट'मा सक्रिय रहेका केही कलाकारसहित पाँच युट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठजनालाई पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी)सहित पाँचजना युट्युबरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्य युट्युबरमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् ।

यसअघि प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत कारोबार गरेको आरोपमा दिनेश खड्का, अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आषिश लामिछाने पक्राउ गरेको थियो ।

उनीहरूलाई थप अनुसन्धानपछि कारबाही प्रक्रिया अगाडि बढ्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मी बताउँछन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुने रेग्मीले बाह्रखरीलाई जानकारी दिए । 

पक्राउ परेकाहरूलाई अपराध अनुसन्धान कार्यालयले काठमाडौं प्रहरी परिसरलाई बुझाउने छ ।

“हामीले काठमाडौं प्रहरी परिसरलाई बुझाएपछि कारबाहीको थप प्रक्रिया अगाडि बढ्छ,” प्रवक्ता रेग्मीले भने ।  

ऐनमा के छ ?

नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।

दफा १२५ को ९२० को उपदफा ९१० को (क) मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

sfsdfg1686828252.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro