site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भाडा नतिरेपछि ट्विटरलाई अर्को झड्का

काठमाडौं । भाडा नतिरेपछि सामाजिक सञ्जाल कम्पनी ट्विटरलाई अमेरिकाको कोलोराडोस्थित कार्यालयबाट निष्कासन गरिने भएको छ । एलन मस्कले खरिद गरेयता विभिन्न उतारचढाव झेलिरहेको कम्पनीले व्यहोरेको यो पछिल्लो झड्का हो ।

कोलोराडोको बोल्डर जिल्ला अदालतका न्यायाधीशले गएको मे ३१ मा ट्विटरलाई त्यहाँको कार्यालयबाट निष्कासन गर्न ४९ दिनको समय दिएका थिए ।

Dabur Nepal
NIC Asia

६५ हजार वर्गफुटको कार्यालयमा कुनै समय ३०० कर्मचारीले काम गर्थे । गएको अक्टोबरमा मस्कले कम्पनी किनेयता त्यहाँ करिब १५० कर्मचारी रहेको अनुमान गरिएको छ ।

ट्विटरका घरधनीले मे १२ मा कम्पनीविरुद्ध भाडा नतिरेको उजुरी हालेका थिए । ट्विटरले सन् २०२० फेब्रुअरीदेखि उक्त स्थान कार्यालय भाडाका लागि लिएको बताइएको छ ।

गएको महिना बोल्डरकै हिमस्खलन कमर्सियल क्लिनिङ कम्पनीले पनि ट्विटरले ९३ हजार ५०० डलर भुक्तानी नगरेको भन्दै मुद्दा हालेको थियो । ट्विटरको मुख्यालय भने क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro