देश
काठमाडौं । मनसुन सुरु भएसँगै देशका नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । आज त्रिवेणीस्थित तमोर र सिम्लेस्थित अरुण नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबका तीन दिन देशका अधिकांश नदीहरूमा बहाव सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।
आज कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका स–साना नदीहरूमा पनि बहाव सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्