site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५५ वर्षको तथ्यांकमा नेपालमा कहिले भित्रियो/बाहिरियो मनसुन ? (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा यो वर्षको मनसुन प्रणाली बुधबार (आज)देखि भित्रिएको छ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन प्रणाली आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा हरेक वर्ष मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । यो वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको छ । नेपालका अरू भू–भागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

नेपालबाट सरदर अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ । यो पनि औसत मिति मात्र हो । महाशाखाका अनुसार योभन्दा केही दिनअगाडि वा पछाडि मनसुन बाहिरिने गर्छ ।

Dabur Nepal
NIC Asia

गत वर्ष अर्थात् सन् २०२२ मा नेपालमा सरदर मितिभन्दा आठ दिनअघि जुन ५ मै मनसुन भित्रिएको थियो । गत वर्ष सरदर मितिभन्दा १४ दिन ढिलो अर्थात् अक्टोबर १६ मा नेपालबाट मनसुन बाहिरिएको महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

यस्तै, २०२१ मा सरदर मितिभन्दा दुई दिनअघि अर्थात् जुन ११ मा मनसुन भित्रिएको थियो । त्यति बेला अक्टोबर ११ मा नेपालबाट मनसुन बाहिरिएको थियो ।

मौसमविद् महर्जनका अनुसार सन् १९६८ यता नेपालमा मनसुन भित्रिएको र बाहिरिएको तथ्यांक राखिएको छ । १९६८ मा जुन १७ मा मनसुन भित्रिएको थियो । त्यति बेला सेप्टेम्बर २१ मा नेपालबाट मनसुन बाहिरिएको थियो ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रिने गर्छ । क्रमशः देशभरि हुँदै फेरि फर्किएर पूर्वी भेगबाटै मनसुन बाहिरिने उनले जानकारी दिइन् ।

मौसमविद्ले योपटक मनसुनमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेका छन् । मौसमविद्का अनुसार मनसुनको खास प्रकृति लामो समय पानी (झरी) पर्ने हो । तर, पछिल्ला वर्ष यसमा केही फरक देखिएको उनले बताइन् ।

नेपालमा मनसुन भित्रिएको र बाहिरिएको तथ्यांक हेर्नोस्–

adfgdmfg1686737807.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro