site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वाधारका योजनामा न्यूनतम ३० लाख, सडकका नयाँ योजनामा बजेट नछर्ने

पोखरा । गण्डकी सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदा सडकका नयाँ योजनामा कम्तीमा ३० लाख रुपैयाँ विनियोजन गर्ने भएको छ । मुख्यमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले सडकका नयाँ योजनामा बजेट नछर्ने बताउँदै आएका छन् ।

बजेटको पूर्वसन्ध्यामा बुधबार एक कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनः आफूहरूले पूर्वाधारका नयाँ योजनाको सिलिङ ३० लाख तोकेको दोहोर्‍याएका छन् ।

नगर विकास कोषको प्रादेशिक कार्यशाला कार्यक्रममा बोल्दै पाण्डेले भने, “मेरो नेतृत्वको सरकार आएपछि मैले भनेकै हो, मैले अहिले केही प्रयास पनि गरेको छु । पूर्वाधारको क्षेत्रमा पहिले तीन लाख, चार लाख, पाँच लाख गरी खुद्रे बजेट छुट्टिन्थ्यो । अहिले हामीले यो बजेटबाट ३० लाखभन्दा तल कुनैपनि योजनामा बजेट नराख्ने, सडकका योजनामा ३० लाख घटि नराख्ने ।”

Dabur Nepal
NIC Asia

त्यस्तै, खानेपानी र सिँचाईका नयाँ योजनामा पनि सिलिङ तोकिएको उनले जानकारी दिए । सिलिङ तोकिएतापनि अघिल्लो वर्ष नै सुरु भएका तर सम्पन्न नभएका यी आयोजनाहरुमा भने आवश्यकता अनुसार बजेट विनियोजन हुने उनले बताए ।

“खानेपानी र सिँचाईमा २० लाख र १० लाखको सिलिङ तोकेका छौँ । तर, पुराना योजनामा कम रकमले पनि सम्पन्न हुने स्थिति छ भने मात्र बजेट विनियोजन हुने उनले बताए । यही सिलिङलाइ नघटाउने बरु लैजाने सोच रहेको उनले बताए ।” उनले भने ।

आगामी आर्थिक वर्षको बजेटकै लागि भनेर हजारौँ मानिस योजना माग्न आएको र त्यसमा न्यूनतम भएतापनि बजेट राखिदिन आग्रह गरेको उनले बताए । तर, यस विषयमा आफ्नो फरक सोच रहेको हुँदा बरु योजना छुटो छुटोस सम्पन्न हुने किसिमले बजेट विनियोजन गर्ने जवाफ दिएर फर्काएको उनले बताए ।

अर्कोपटकको लागि के छ भने फागुन महिनादेखि नै योजनामाथि छलफल सुरु गर्ने मोडालिटी अपनाइने उनले बताए । “जिल्लामा प्रदेशका कार्यालय छन्, स्थानीय तहसँग बसेर उनीहरूको लागि महत्वपूर्ण र आवश्यक योजनाको वर्गीकरण गरौँ । प्रोजेक्ट बैंक बनाऔँ, त्यस अनुसार बजेट विनियोजन गर्ने प्रयत्न गरौँ ।” उनले भने, “यसले पहुँचको आधारमा भन्दा पनि आवश्यकताको आधारमा योजना छनौट र लगानी गर्न सकिन्छ, यसपटक भएन अर्कोपटक यही मोडलमा जानुपर्छ ।”

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता २०८० तथा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले पनि टुक्रे योजना नराख्ने सुझाव दिएका थिए । तर, सरकारले अघिल्ला वर्षका योजनाहरूमा सिर्जित दायित्वका लागि बजेट विनियोजन गर्दा पूर्वाधारमा उल्लेख्य नयाँ योजना भने आउनेछैनन् । अर्कातर्फ नयाँ योजना थप्नका लागि यसपटक संघीय सरकारले पनि अनुदानको मात्रा झन्डै तीन अर्बले घटाउँदा प्रदेशको आन्तरिक स्रोतले धान्न सक्ने अवस्था छैन ।

माथिबाट आउनुपर्ने चार अर्ब राजस्व घटेको छ, प्रदेशको राजस्व पनि लक्ष्यअनुसार संकलन भएको छैन । त्यसकारणले बजेटको आकार घट्नेछ । आन्तरिक ऋण पनि प्रदेशले लिन पाउने अवस्था छैन ।

गण्डकी सरकारले नै चालु आर्थिक वर्षमा लिएको पाँच अर्ब आन्तरिक राजस्व उठाउने लक्ष्यको प्रगति वैशाख मसान्तसम्मा ५१ प्रतिशत मात्र रहेको छ । सरकारले कित्ताकाट खुलाएका कारण मालपोतबाट आउने राजस्वको मात्रा बढ्ने आशा गरिएतापनि लक्ष्य प्राप्त हुने सम्भावना भने देखिँदैन ।

संघबाट चार अर्ब रकम नआएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशमा राजस्व ५० प्रतिशत पनि उठाउन नसकिएको बताए । प्रदेश संरचनामाथि प्रश्न उठिरहेका बेला प्रदेशले आगामी बजेट आवश्यकताअनुसार ल्याउने बताएका थिए ।

संघ सरकारले ल्याएको बजेट संघीयताको मर्म अनुरुप नरहेको उनले आरोप लगाए ।

“जति तल पठाएर त्यसको आउटपुट लिनुपर्छ भन्ने थियो, त्यो देखिएको छैन, यसतर्फ हामी सबै सजग हुनुपर्छ ।” उनले भने ।

गण्डकी सरकारले दुई हप्ताअघि मात्रै सातै प्रदेशका मुख्यमन्त्रीको भेला डाक्ने र उक्त भेलामा प्रधानमन्त्रीलाई पनि बोलाउने कार्यक्रम तय गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा उक्त भेला रोक्न निर्देशन दिए ।

भेलाकै लागि भनेर कोही मुख्यमन्त्री काठमाण्डौ आइसकेका थिए भने कोही आउने तयारीमा थिए । अचानक उक्त बैठक रोकिएपछि गण्डकी सरकारले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण रोकिएको प्रतिक्रिया दिन पुगेको थियो ।

उक्त बैठकमा संघसँग प्रदेशमा आउने अनुदानको मात्रा बढाउनेदेखि लिएर एकल र साझा अधिकारका विषयमा छलफल हुने कार्यसूची थियो ।

पाण्डेले एकलदेखि साझा अधिकारका कुराको निर्णयमा पुग्नुपर्ने र त्यसका लागि मुख्यमन्त्रीको बैठक राख्ने प्रयत्न गरिएको बताए ।

“मेरो चाहना के थियो भन्दाखेरी बाहिरबाहिर छलफल गरेर सुनाउनुभन्दा त्यही बैठकमा प्रधानमन्त्रीलाई राखेर छलफल गर्ने, अप्ठ्यारो फुकाउन सक्ने नसक्ने, संघको र प्रदेशको बाध्यता के हो भनेर छलफल गरौँ भनेर प्रधानमन्त्रीलाई आमन्त्रण गरेका थियौँ, तर अन्तिममा कार्यव्यस्तताको कारणले हुन सकेन ।” उनले भने ।

बजेटपछि भएतापनि उक्त बैठक पुन राख्ने योजना रहेको उनले सुनाए । यसलाई संघसँग अधिकार लिने संघर्षको चरण रहेको उनको भनाइ छ ।

“हामी अझै पनि त्यो प्रयत्नमा छौँ, यो पनि एक किसिमले संघर्षकै चरण हो । तर, हामी पनि सरकार हौँ, कसलाई घुकार्उने र यो सामुहिक दायित्व हो । यो संघीयता लागु गर्ने दायित्व सबैको हो, कसैले बिर्सिन्छ भने झकझक्याएर सामुहिक दायित्व बहन गरिनुपर्छ,” पाण्डेले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro