राजनीति

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन पक्षधरले प्रदर्शन गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूले समयमै अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
कालो कपडाले शरीर र मुख छोपेका प्रदर्शनकारीहरूले 'म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ?', 'म मेरो पार्टीले बन्धक बनएको नेविसंघ', 'म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ'जस्ता प्लेकार्ड बोकेका थिए ।
पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरेर विधानबमोजिम नयाँ कार्यसमिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।
न्युज एजेन्सी नेपालबाट ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्