site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकलमा पछाडि सवार काठमाडौंकै कोटेश्वरमा बस्दै आएका दोलखाको शैलुङ गाउँपालिका–२  का अन्दाजी ३० वर्षीय झनक थापामगरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

घाइते भएका मोटरसाइकल चालक  काठमाडौंको मालीगाउँमा बस्दै आएका ४० वर्षीय कुमार थापामगरको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गए राति करिब ९ बजे बा५ख ३४३७ नम्बरको टिपरले वाग्मती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । ती दुवै सवारीसाधन र टिपरचालक प्रहरी वृत्त नयाँ बानेश्वरको नियन्त्रणमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro