site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रलाई विलासिताको वस्तुका रूपमा लिन हुँदैन : मन्त्री साउद
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिन नहुने बताएका छन् । मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले चित्रहरू विलासिताका वस्तु नभएर सिर्जना र युगको प्रतिविम्ब भएको बताए ।

उनले चित्रकला एउटा माध्यमबाट नै युगलाई भाबी पुस्तामा चिनाउन सकिने बताए । उनले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताए ।

"नेपाल सरकारले कलाकारहरूलाई सम्मान अन्तरहृदयबाट दिन्छ । त्यसलाई अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ । मानिसले चित्रहरू विलासिताका वस्तुहरू हुन् भन्छ । तर, चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन् । चित्र युगका प्रतिविम्ब हुन् । हाम्रो युगलाई यिनै चित्रमा हेरेर भाबी पिँढीले हाम्रो मूल्यांकन गर्ने छ," उनले भने ।

परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरूको अभिव्यक्ति भएको बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro