राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापालाई प्रमुख तोकी विभाग गठन गरेको हो । थापाले लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हाल्दै आएका छन् ।
बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ । सदस्यहरूमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।
जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यस अघि गठन गरिसकेको छ भने अन्य विभागहरू गठन भएका छैनन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १९:४४
प्रतिक्रिया दिनुहोस्