site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारततर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताए ।

बजेटमा उठेका प्रश्नको सोमबार संसद्‍मा जवाफ दिनेक्रममा डा महतले भने, “सुनको भन्सार दर विगतदेखि नै भारतमा लाग्ने महसुल दरअनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर वृद्दि गरेको भए पनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो । त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो ।”

Argakhachi Cement Island Ad

भारतमा मूल्यगत आधारमा महसुल लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति १० ग्राम आठ हजार ५०० रुपैयाँ मात्र रहेको छ ।

परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उतारचढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्