site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बोर्डरको मूल्यलाई ध्यान दिएर चुरोट र रक्सीमा कर कम बढेको हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चुरोट र रक्सीमा भारतीय बजार हेरेर कर कम बढाइएको बताएका छन् ।

मन्त्री महतले दैनिक उपभोग हुने वस्तु आलु र प्याजमा भ्याट लगाउने, चुरोट र रक्सीमा कम कर बढाएको भन्दै आलोचना भएको थियो ।

Argakhachi Cement Island Ad

महतले चुरोट र रक्सीमा समयअनुसार कर बढाएको तर चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिनको लागि कम कर बढाइएको बताए ।

“नेपाल र भारतबीचको सीमावर्ती सहरमा मूल्य करिब एउटै होस् भनेर करलाई समायोजन गर्न खोजिएको छ,” महतले भने, “चोर बाटोबाट यस्ता पदार्थ नेपाल भित्रन नदिनको लागि कर कम बढाउने नीति लिइएको हो ।”

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्