site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्यांकरबाट पानी वितरण

जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अरू स्रोतबाट पानी आउन छाडेको छ ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरका विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

१२ वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार ३८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडित धारा र चापाकल सुकेर पानी आउन बन्द भएको जनाइएको छ ।

मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए ।

जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भंगाहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका समेत पानीको समस्या भएको बताइएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro