site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाका महासचिव भन्छन्– प्रश्नको जवाफ बोलेर होइन, काम गरेर दिन्छौँ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलमा पछिल्लो समय उब्जिएको प्रश्नको जवाफ बोलेर भन्दा काम गरेर दिने बताएका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा फिलिपिन्स जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ लागि आयोजित कार्यक्रममा राईले काम गरेर जवाफ दिने बताएका हुन् ।

“नेपाली फुटबलमा एक खालको समस्या देखा परेको छ । प्रश्न आएको छ । खेलाडी र एन्फाले बोलेर भन्दा काम गरेर जवाफ दिनुपर्छ । कामले सबै जवाफ दिनुपर्छ । साफ सबैभन्दा ठूलो प्रतियोगिता हो । एन्फामाथि प्रश्न बढ्दा मानसिक तनावमा पर्नुपर्ने छैन,” महासचिव राईले भने, “लिग सुरु गर्दा साफको मिति टुंगिएको थिएन । लिग सुरु भयो । ब्रेक गर्न ढिला भयो । मिति सार्न प्रस्ताव गरेका थियौँ तर भएन । तर खेलाडीको फिट्नेसमा समस्या छैन । तालमेल अभाव हुन सक्छ । तर अहिले सबै अनुभवी छन् । टोलीलाई शुभकामना ।”

Anfa 1686494769.jpg

यस्तै, एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमलाई सबैले आश लिएर हेरिरहेको बताए ।

“जहिले पनि नेपाली टिमलाई नेपालीहरूले एउटा आशा लिएर हेरिरहेको हुन्छ । हामीलाई विश्वास छ । त्यो पूरा गर्न मेहनत र कोसिस सत प्रतिशत दिनुहुनेछ विश्वा छ । हामी टिम बिल्ड अप गर्न समय अभाव भयो । प्रशिक्षकको टिमले त्यो अभाव खड्किन दिन्नन भन्ने विश्वास छ,” अध्यक्ष नेम्वाङले भने ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले साफका लागि आफूहरूसँग पर्याप्त समय भएको बताए ।

“हामी सबैलाई थाहा छ फिलिपिन्स राम्रो टोली हो । राम्रो इतिहास छ । हामी दुई दिन अभ्यास गर्‍यौँ । हामी हाम्रो राम्रो प्रदर्शन दिन सक्छौँ । हामीलाई प्रतियोगिता सहज छैन । युरोपका खेलाडी हुन्छ  । राम्रो गर्न प्रयास गर्छौं । हामीसँग नयाँ खेलाडी छ । पहिलोपटक खेल्दै छन् । निकै उत्साहित छु,” अल्बर्टो एनेसले थपे ।

“सबैलाई राष्ट्रिय टोलीबाट खेल्न महत्त्वपूर्ण छ । साफमा ध्यान हुने छ । हामी राम्रो नतिजा निकाल्न प्रयास गर्छौं । हामीसँग अझै अभ्यास गर्न पुग्दो समय छ । भारतमा तीन दिन अभ्यास गर्छौं । म चाहन्छु मेरो खेलाडी मानसिक रूपमा तयार रहून् । हामी राम्रो प्रदर्शम र नतिजा निकाल्न चाहन्छौँ । छनोट गरेको खेलाडीलाई विश्वास गर्छु । अनुभवी छन् । मेरो पहिलो साफ हो । एसिया पहिलो हो । मलाई महत्त्वपूर्ण छ ।”

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिवप्रसाद कोइराला (ज्वाला), साफ उपाध्यक्ष सुन्दरनरसिंह जोशी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्य रबिन चन्द, महासचिव किरण राई र प्रवक्ता सुरेश शाहले बिदाइ गरे ।

साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपाली टिमले फिलिपिन्समा घरेलु टिमसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपालले जुन १५ मा फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने छ । मैत्रीपूर्ण खेलपछि नेपाल फिलिपिन्सबाटै साफ च्याम्पियनसिपका लागि भारत प्रस्थान गर्ने छ ।

Nepali Football1686494769.jpg

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले जुन २१ मा कुवेतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने छ । च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित टिमको रूपमा सहभागी हुने छन् ।

नेपाली टिम 

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro