site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थ्री स्टार रेलिगेसनबाट जोगियो, एपीएफ ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं । विक्रम लामाको निर्णायक गोलमा शनिबार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ । त्योसँगै थ्री स्टार रेलिगेसनमा पर्नबाट जोगिएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सिजनको अन्तिम खेलमा विक्रमले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेका थिए । त्यसपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाउन सफल भए ।

जितसँगै थ्री स्टार २६ खेलबाट ३२ अंक जोड्दै नवौँ स्थानमा उक्लियो । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा पर्‍यो । ०६२ सालदेखि ‘ए’ लिग खेलेको एपीएफ पहिलोपटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

जावलाखेलले भने हारबाट सिजनको अन्त्य गर्‍यो । जावलाखेलले २६ खेलबाट ३७ अंक जोड्यो । जावलाखेलले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको हो ।

iadmsgg1686408689.jpg

मच्छिन्द्र ३–१ मनाङ
लिगअन्तर्गत शनिबारै दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लबले एक गोलको अग्रता उल्टाएर मनाङ–मर्स्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्‍यो । मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्तीमगरले एक/एक गोल गरे ।

मनाङका विजय श्रेष्ठले १६औँ मिनेटमा सुरुआती गोल गरेका थिए । ८०औँ मिनेटमा ओलावालेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ८६औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको अग्रता उल्टाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए ।

मच्छिन्द्रले २६ खेलबाट ४५ र मनाङले समान खेलबाट ३२ अंक जोड्यो ।

संकटा १–१ एनआरटी
शनिबारकै अर्को खेलमा संकटा र न्युरोड टिम (एनआरटी)ले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा नेल्सन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, ८९औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल फर्काए ।

बराबरीसँगै संकटाले २६ खेलबाट ३२ र एनआरटीले समान खेलबाट ३४ अंक जोड्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro