site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । दुई मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकट दर्शाइएको छ ।

आउँदो असार १५ गतेदेखि प्रदर्शनको तयारी गरिएको ‘परस्त्री’को हिन्दी डब ट्रेलर शनिबार सार्वजनिक गरिएको हो । सिनेमा नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन गरिनेछ ।

Dabur Nepal
NIC Asia

चलचित्रको यही जेठ २५ गते सार्वजनिक नेपाली ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

‘परस्त्री’ सुरज पाण्डेको निर्देशनमा तयार भएको हो । दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ । डीएस डिजिटको ब्यानरमा निर्मित सिनेमाको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro