site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
लभ, रोमान्स र बदलाले भरिएको ‘परस्त्री’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा विवाहेत्तर सम्बन्धले परिवारमा निम्त्याउने समस्या र त्यसले पार्ने असरलाई देखाउन खोजेको छ । लभ, रोमान्स र बदला ट्रेलरमा देखिन्छ ।

लेखक दीपेन्द्र के खनालले पछिल्लो समय समाजमा देखिएको विवाहेत्तर सम्बन्ध र त्यसले परिवारमा पारिरहेको असर नै सिनेमाको कथा भएको बताए । विवाहेत्तर सम्बन्धले कसरी परिवारलाई तहसनहस गरिरहेको छ, त्यही नै चलचित्रको कथा भएको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

 

‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनीले गर्‍यो खरिद

Global Ime bank

असार १५ गते रिलिज हुने चलचित्र सुरज पाण्डेले निर्देशन गरेका छन् । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्टलगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘परस्त्री’ भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दीमा डब भएको सिनेमाको हिन्दी भाषाको गीत पनि रिलिज गरिसकेको छ । 

‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनी बीफोयू मुभी एन्ड म्युजिकले खरिद गरेको छ । अमित मिश्र, सोनल प्रधान र कुनाल गान्जावालाले ‘परस्त्री’का गीत गाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement