site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौलागाईंले दिए ट्रेड युनियन कांग्रेस वाग्मतीको अध्यक्षमा उमेदवारी

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशको अध्यक्षमा लिलानाथ चौलागाईंले उमेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बीच उनले आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।

आगामी २८ र २९ गते हुने अधिवेशनबाट दोस्रो प्रदेश अधिवेशन हुँदै छ। वर्तमान ट्रेड युनियन वाग्मतीका उपाध्यक्ष समेत रहेका चौलागाईंले प्रदेश नेतृत्वका लागि उमेदवारी घोषणा गरेका हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका चौलागाईंले विगत लामो समयदेखि मजदुरको हक तथा पेसागत अधिकारका लागि संगठनमार्फत सक्रिय भूमिका निभाउँदै आएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका उनी नेविसंघ जिल्ला सहसचिव बनेका थिए ।

अघिल्लो अधिवेशनबाट निर्वाचित वाग्मती ट्रेड युनियनका अध्यक्ष विनोद कार्की सवारी दुर्घटनामा देहावसन भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम चापागाईंले सम्हाल्दै आएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro