site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
दुई वर्षमुनिका बालबालिकालाई 'लू' बाट कसरी जोगाउने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो समय देशैभर गर्मी बढेको छ । गर्मीका कारण विशेष गरी तराई क्षेत्रका जिल्लाहरू बढी प्रभावित छन् । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्ने समस्या देखिरहेको छ।

मौसमविद्हरूले अझै केही दिन तापक्रम नघट्ने बताइरहेका छन् ।

Dabur nepal
Agni Group

यसैबीच स्वास्थ्य मन्त्रालयलय दुई वर्षमुनिका बालबालिकालाई 'लू' बाट जोगाउन उपायबारे केही जानकारी दिएको छ ।

दुई वर्षमुनिका बालबालिकालाई 'लू' बाट कसरी जोगाउने ?

  • स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने, 
  • ठोस खानेकुराका अलावा झोल कुरा प्रशस्त खुवाउने,
  • घरमै बनाएको स्वस्थकर खाने कुरा खुवाउने,
  • चिसो पानीले नुहाउने,
  • पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने,
  • घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने तथा शीतलमा बस्ने,
  • मौसमी तथा ताजा फलफूल राम्ररी पखालेर खुवाउने ।

मन्त्रालयले यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउन भनेको छ । साथै कुनै असामान्य लक्षण जस्तै रिङ्गटालागे जस्तो, आलसतालस भएमा, वान्ता गरेमा, स्वास फेर्न गाह्रो भएजस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लग्न आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu