site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा पानीको हाहाकार टार्न ‘एक घर, एक इनार’ अवधारणाको माग

जनकपुरधाम । मधेसमा हाल पानीको हाहाकार छ । पानीको अभाव भएसँगै यसलाई जोगाउने बहस पनि सुरू भएको छ । 

शुक्रबार मधेस फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले ‘एक घर, एक इनार’को अवधारणा ल्याउन माग गरेको हो । 

पानीलाई रिचार्ज गर्नको लागि यो अवधारण आवश्यक रहेको राष्ट्रपति चुरे कार्यक्रमका प्रतिनिधि शिव पोखरेलले बताए । 

स्थानीय तहले घर निर्माणको लागि नक्सा पास गर्दा एक इनार पनि अनिवार्य गरे पाँच वर्षभित्र सुकेको कलमा पानी आउने उनको अनुमान छ । 

“पानीको मात्रा घट्या छैन । रिचार्ज नहुँदा कतै बढी कतै कम पानी देखिएको छ,” उनले भने, “यसलाई जोगाउनको लागि पालिका सक्रिय हुनुपर्छ । ठाउँ–ठाउँमा सिमसार बनाउनुपर्छ ।”
 
पूर्वजले वाटर रिचार्ज गर्न बनाइएको पोखरी अहिले सौन्दर्यकरणको नाममा विनास भइहरहेको उनको भनाइ छ । “सौन्दर्यकरणको नाममा पुर्खाको गिफ्ट हामीले बर्बाद पर्‍यौं । पोखरीमा इटाले गरिएको शिल पानीलाई रिचार्ज हुन दिएको छैन्,” उनले भने ।  

वन मन्त्रालय अधिकृत बेचन महतोले पनि पानी जोगाउन सोही मोडेल अपनाउनुपर्ने बताए । ग्रीन सहर र चुरे क्षेत्रमा वर्षाको पानी जम्ने सीमसार बनाउन उनले माग गरे । 

जनसंख्या वृद्धिका कारण पनि पानीको सतह घट्दै गएको उनले बताए । “पानीको सतह घट्नुमा विलासी जीवन पनि कारण हो,” उनले भने, “यति हेभी हेभी घर संरचना बनिरहेको छ, जसले पानीलाई तल जान दिएको छैन ।” 

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता डा. विजयकुमार सिंहले पानी उपयोगमा सावधानी अपनाउन आग्रह गरे । धेरै प्रतिशत शुद्ध पानी खेर गइरहेको हुनाले यसलाई जोगाउनुपर्ने उनले बताए । 

“पोखरीले पानी रिचार्ज मात्रै गर्दैनन् वातावरण पनि अनुकूल बनाउँछ,” उनले भने, “जसरी शिक्षाको अधिकार सबैलाई छ, त्यस्तै शुद्ध खानेपानी पाउने अधिकार पनि छ ।” खानेपानी र सरसफाइको विषयमा यहाँको स्थानीय सरकार मौन रहेको उनले बताए । 

प्रदेश सांसद रामआशिष यादवले विकास नै विनाश मोडेलमा भइरहेको बताए । “टाइलस् मार्वलले गर्मी उत्पन्न गरेको छ, तर मान्छे त्यहीँ लगाउन मरिहत्ते गरिरहेको छ,” उनले भने, “विनाशको मोडेल रोक्नु पर्छ ।” 

पानीको लागि केही दिनभित्र संघर्ष सुरू हुने भन्दै उनले चिन्ता व्यक्त गरे । संस्कृति र प्रकृति बचाउनुपर्ने उनको धारणा छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro