site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टोपबहादुरका वकिलले किन टेकनाथको मानसिक स्वास्थ्यमा प्रश्न उठाए ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त टोपबहादुर रायमाझीको प्रतिरक्षाका लागि बहस गरेका कानुन व्यवसायीहरूले टेकनाथ रिजालको बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न नहुने दाबी गरेका छन् । 

भुटानी शरणार्थीका नेता एवं प्रकरणमा सहभियुक्त रिजालको मानसिक स्थिति ठीक नभएको दाबी गर्दै रायमाझीका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता रमेश वडाल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रकम लिई ठगीसहितका कसुरमा अभियोग लागेका रायमाझीलाई रिजालले प्रहरी र अदालत समक्ष दुवै बयानमा पोलेका थिए । 

Agni Group

उनले बयानमा यस प्रकरणमा टोपबहादुरसहित ६ जना यस प्रकरणमा संलग्न रहेको पहिले नै थाहा भएको बताएका थिए । र, सोमा उनको सहयोग समेत माग गरिएको उनले दाबी गरेका थिए । 

“जाहेरवाला समेतका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशव दुलाला, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, ईन्द्रजीत राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने मलाई थाहा छ ।” उनले प्रहरी समक्षको बयानमा बोलेका छन् । 

Global Ime bank

तर, अदालत समक्षको बयानमा उनले प्रचण्डसहितको नाम लिएको कानुन व्यवसायीहरूले दाबी गरेका हुन् । 

रिजालले प्रहरी समक्ष एकथरी बयान र अदालत सामु अर्कोथरी बयान गरेको भन्दै उनले बोल्न चाहेको कुरा स्पष्ट बोल्न नसक्ने दाबी गरे । 

रायमाझीका कानुन व्यवसायी बडालले रिजालले आफ्ना भुटानी जेलमा रहेको अनुभवमा आधारित किताब ‘टर्चर किलिङ मि सफ्टली’ नामक किताबमा लेखिएका विषयलाई उधृत गर्दै उनले रिजालले भोगेका उत्पीडित  र टर्चरले गर्दा उनले आफूले बोलेका, गरेका कामका बारेमा आफैलाई थाहा नहुने दाबी गरे । 

त्यस्तै बडालले रिजालका अन्य निर्वासन, माईन्ड कन्ट्रोल नामक किताबहरूमा पनि आफूलाई भएको उत्पीडन पश्चात आफ्नो मानसिक स्थिति बेला–बेला असन्तुलित हुने र आफू आफ्नै काबुमा नरहने लेखेको समेत उल्लेख गरे । 

बडालले रिजालको ‘माईन्ड कन्ट्रोल’मा उनको मस्तिष्कमा भुटानी राजाको काबु रहेको समेत बताउँदै रिजाललाई बयान दिनका लागि मेन्टल्ली अन्स्टेबल रहेको जिकिर लिएका छन् । 

बडालले रिजालको बयानको आधारमा रायमाझीलाई मात्र नभएर कसैलाई पनि अभियोग लगाउन नमिल्ने दाबी गरिरहे । रिजालले आफ्नो मानसिक स्थितिको बारेमा आफैले लेखेको किताबमा उल्लेख गरेको कुरा प्रमाणमा दिन मिल्ने जिकिर लिए । 

त्यस्तै, रायमाझीका अर्का कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि मानसिक स्थिति ठिक नभएका रिजालको बयानलाई आदार मान्न नमिल्ने बताए । 

उनले रिजालको बयानमा मात्र नभएर विभिन्न निकायहरूलाई विगतमा दिएका सल्लाह सुझावमा पनि एकरुपता नदेखिएको दाबी गरे ।

उनीहरूले प्रमाण ऐन, २०३१ को दफा ९ (क) बमोजिमको सहभियुक्तको पोललाई अन्य प्रमाणबाट पुष्टि भएमा प्रमाणमा लिन हुने व्यवस्थालाई चुनौती दिँदै रिजालको पोलको कुनै मान्यता नरहने दाबी गरेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC