site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
वित्तीय साक्षरता नहुँदा सहकारीमा गन्नेमान्यले पनि पैसा डुबाए : पूर्वगभर्नर नेपाल
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरन्जीवि नेपालले शिक्षितहरूमा वित्तीय ज्ञान नहुँदा समस्या आएको बताएका छन् । 

शुक्रबार ‘फाइनान्सियल लिटेचर नेपाल’ को शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले वित्तीय ज्ञान सबैलाई आवश्यक रहेको बताएका छन् । वित्तीय ज्ञान नहुँदा सहकारीमा करोडौँ रुपैयाँ गन्नेमान्य र शिक्षितहरूले नै डुबाएको बताए ।

Dabur nepal
Agni Group

“म गभर्नर हुँदा तपाईहरूले मान्ने मान्छे नै सहकारीलाई डुब्न नदिन र आफ्नो बचतफिर्ता गरिदिन आग्रह गर्दै आउनुहुन्थ्यो,” उनले भने, “कलेज पढाउनुहुने प्रोफेसरले नै सहकारीमा ब्याजको लोभले पैसा राख्ने गर्नु भएको थियो । सहकारी डुबेपछि करोडौँ रुपैयाँ छोड्न बाध्य पनि हुनु भएको छ ।”

सहकारीमा कस्तो कारोबार गर्ने भन्ने थाहा नहुँदा पनि यस्तो जोखिम आएको उनले बताए । यसलाई सुधार गर्न पनि वित्तीय ज्ञानको आवश्यकता रहेको उनले बताए ।

सहकारीमा पैसा फस्नेमा व्यवस्थापन पढेकै बढी भएको पनि उनले बताए । व्यावहारिकता र सैद्धान्तिक रूपमा वित्तीय ज्ञान फरक हुने भएकाले पनि यसलाई बुझाउनु पर्नेमा पनि नेपालले जोड दिए । नेपालीले पैसाको मोमेन्ट नबुझ्दा गरिबी बढेको पनि उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro