site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अमेरिका लक्षित गोप्य चिनियाँ जासुसी अखडा होस्ट गर्दै क्युवा
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाको फ्लोरिडाबाट करिब १६० किलोमिटर टाढा रहेको टापुमा जासुसी अखडा स्थापना (होस्ट) गर्न चीनले क्युवासँग सम्झौता गरेको बताइएको छ ।

वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)ले सार्वजनिक गरेको यो सम्झौताको रिपोर्टमा अमेरिका र क्युवाली सरकारले भने आशंका व्यक्त गरेको दी गार्डियनले उल्लेख गरेको छ ।

Dabur nepal
Agni Group

इलेक्ट्रोनिक इभ्सड्रपिंग जासुसी आधार स्थापनाले बेइजिङलाई दक्षिण पूर्वी अमेरिकाबाट इलेक्ट्रोनिक सूचनाहरू संकलन गर्न अनुमति दिने बताइएको छ ।

दक्षिण पूर्वी राज्यहरूमा अमेरिकी सैन्य अड्डा र पानी जहाजको ट्राफिक निगरानी संरचना रहेका छन् । अमेरिकी केन्द्रीय कमाण्डको मुख्यालय फ्लोरिडाको ताम्पामा रहेको छ ।

यस्तै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा फोर्ट लिबर्टी उत्तरी क्यारोलिनामा आधारित छ । दुवै देश यसका लागि सैद्धान्तिक सहमतिमा पुगेको र चीनले क्युबालाई कयौं अर्ब डलर पैसा दिइरहेको डब्ल्यूएसजेले उल्लेख गरेको छ ।

ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले यो रिपोर्ट देखेको तर, सही नभएको बताएका छन् । उनले क्युवासँग चीनको सम्बन्धलाई लिएर संयुक्त राज्य अमेरिकाको चासो रहेको र त्यसलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu